थप चार पोष्ट स्थापना हुने
मोरङ्ग जिल्लाको दक्षिण भारतीय सीमावर्ती क्षेत्रलाई सुरक्षित र व्यवस्थित बनाउन थप चार वटा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट(बीओपी) स्थापना गरिने भएको छ ।
दक्षिणी सीमा क्षेत्रवाट हुने अवैध हातहतियार र लागुपदार्थ ओसारपसार एवं चोरीतस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरी बल गणले आउट पोष्ट स्थापना गर्ने भएको हो । सीमावर्ती क्षेत्रको डोरिया, सिक्टी, जहदा र तारेगामामा क्षेत्रमा आउट पोष्ट स्थापना गर्न लागिएको हो ।
प्रदेश नं १ को सरकारले सात किलोमिटरको फरकमा सीमाक्षेत्रमा बोर्डर आउट पोष्ट स्थापना गर्ने निर्णय भएअनुुसार थप चार ठाँउमा थप पोष्ट स्थापना गर्न लागिएको सशस्त्र प्रहरी गणका प्रहरी उपरीक्षक मनिष थापाले बताउनुुभयो ।
मोरङ जिल्ला र भारतसँगको ६३ किलोमिटर सीमाक्षेत्रमा थप चार वटा आउट पोष्ट सञ्चालन आएपछि पोष्टको संख्या नौ पुुग्ने उपरीक्षक थापाले जानकारी दिनुभयो ।
यसअघि रंगेली, मायागञ्ज, वरडङ्गा, नोचा तथा बखरीमा पोष्ट सञ्चालनमा थिए । एउटा पोष्टमा प्रहरी निरीक्षकको कमाण्डमा ३५ जना सशत्र प्रहरी रहनेछन् ।
सीमाक्षेत्रमा सुरक्षा व्यवस्था थप सुदृढ बनाउने सशत्र प्रहरी गणको प्रस्तावअनुसार प्रदेश सरकारले थप पोष्ट स्थापना गर्न लागेको हो । सरकारले पोष्टका लागि आवश्यक भौतिक सामग्रीलगायत पूर्वाधार निमार्ण गर्ने जनाएको छ ।
अरु समाचार
प्रहरी नायव महानिरीक्षकहरुको सरुवा/काज सम्...
प्रहरी नायव महानिरीक्षकहरुको सरुवा/काज सम्बन्धमा Facebook Comments
पाँच जना एआइजीको सरुवा
Facebook Comments
प्रहरी नायव उपरीक्षकहरुको पदस्थापन
Facebook Comments
४ जना डिआइजी एआइजी बढुवा सिफारिसमा
सरकारले ४ जना डिआइजीलाई एआइजी बढुवा सिफारिस गरेको छ। रिक्त रहेको ४ ...
डिआइजी सहकुल थापा एआइजी बढुवाका लागि सिफारिस
डिआइजी सहकुल बहादुर थापा एआइजी बढुवाका लागि सिफारिस भएका छन। सोमबार...
५२ जना एसपीको सरुवा,कास्कीमा रमेश थापा, मो...
५२ जना एसपीको सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले मंगलबार ५२ जना...
१५ जना एसएसपीको सरुवा
१५ जना एसएसपीको सरुवा भएको छ। गृह मन्त्रालयले गरेको सूची अनुसार प्र...
१६ जना डिआइजीको सरुवा, सिआइबीमा ‘अनु...
नेपाल प्रहरीका १६ जना डिआइजीको सरुवा भएको छ। जसमा केन्द्रीय अनुसन्ध...