पूर्णचन्द्र थापा सेनाको कामु प्रधानसेनापति

पूर्णचन्द्र थापा सेनाको कामु प्रधानसेनापति

सरकारले बलाधिकृत पूर्णचन्द्र थापालाई नेपाली सेनाको कामु प्रधानसेनापतिमा सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई कामु प्रधानसेनापतिमा सिफारिस गरेको हो ।

सरकारले पूर्णचन्द्र थापालाई साउन २४ देखि लागू हुने गरी कायम मुकायम प्रधानसेनापति बनाउने निर्णय भएको हो । थापाले साउन २५ गतेदेखि पूर्णरुपमा प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्नेछन् ।

हालका प्रधानसेनापति राजेन्द्र क्षत्रीको कार्यकाल आगामी भदौ २४ गते सकिँदैछ । क्षत्री साउन २४ गतेदेखि नै अवकाश विदामा बस्नेछन् ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.