घाँस काट्दा हात छिनियो 

घाँस काट्दा हात छिनियो 

घाँस काट्ने क्रममा झापा   बाह्रदर्शी गाउँपालिका–५ कट्टडाँगीका १७ वर्षीय सद्दाम हुुसेनको बायाँ हात काटिएको छ । सोही स्थानका दिनेश थापाको गाई फार्ममा मेशिनमा घाँस काट्ने क्रममा हुसेनको बायाँ हातको कुहिनादेखिको तलको भाग काटिएको प्रहरीले जनाएको छ । हुसेनको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

यस्तै, शिवसताक्षी–१० स्थित कनकाई पुल नजिकै पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १७ प ८०९९ नंको मोटरसाइकल पछाडि सवार दमक–५ की ३० वर्षीया सविना राईले घाइते भएकी छन् । राई आफैँले लगाएको सल पछाडिको चक्कामा बेरिएपछि मोटरसाइकलबाट लडेर उनी घाइते भएको जिप्रका, झापाले जनाएको छ ।

घाइते राईको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ भने मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।
–––

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.