६ हजार प्रहरीको सरुवा र १ हजार छ सयको एकैपटक बढुवा हुँदै

६ हजार प्रहरीको सरुवा र १ हजार छ सयको एकैपटक बढुवा हुँदै

प्रहरी महानिरीक्षकमा बढुवा भएपछि सर्वेन्द्र खनालले संगठनमा लामो समयदेखि सुविधा सम्पन्न र लाभ हुने ठाउँमा बस्दै आएका प्रहरी जवानदेखि अधिकृतहरूको नामावली संकलन कार्यलाई तीव्र बनाउनुभएको छ।

महानिरीक्षक खनालले लामो समयदेखि तल्लो तहमा रोकिएको बढुवासमेतको फाइल उठाउन निर्देशन दिएपछि कर्मचारी प्रशासन महाशाखाले तयारी तीव्र बनाएको छ। नेपाल समाचार पत्रमा समाचार छर

३ वर्षदेखि तल्लो तहको बढुवा रोकेका तत्कालीन प्रहरी महानिरीक्षकहरू उपेन्द्रकान्त अर्याल र प्रकाश अर्याललाई चुनौती दिँदै प्रहरी महानिरीक्षकमा बढुवा भएका खनालले सरुवा र बढुवालाई एकैपटक अगाडि बढाउन निर्देशन दिएका हुन्।

प्रहरी प्रधान कार्यालयले एकैपटक जवानदेखि उच्च तहका प्रहरी अधिकारी गरी ६ हजारको सरुवा र १ हजार ६ सयभन्दा बढीको बढुवाको तयारी गरेको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.