प्रहरी श्रीमती सघंकी नवनियुक्त अध्यक्ष प्रमिला खनालद्वारा कार्यभार

प्रहरी श्रीमती सघंकी नवनियुक्त अध्यक्ष प्रमिला खनालद्वारा कार्यभार

नेपाल प्रहरी श्रीमती सघंकी नवनियुक्त अध्यक्ष प्रमिला खनाललाई बिहीबार आयोजित एक कार्यक्रमबीच सोही सघंका पदाधिकारीहरुले संघको कार्यालय भृकुटीमण्डपमा हार्दिक स्वागत गर्नुभएको छ ।

सो अवसरमा अध्यक्ष खनालले नाफारहित र सेवामुलक संस्थाको रुपमा कार्य गर्दै आएको संघले विगतदेखि अंगीकार गर्दै आएका कार्यहरु समाजमुखी रहेको बताउनुभयो ।

समाजसेवाको पवित्र उद्धेश्य राखी स्थापित संघले संचालन गर्दै आएका गतिविधिलाई अझै प्रभावकारी रुपमा अगाडि बढाउँदै निरन्तरता दिने र आवश्यक सुधार समेत गर्दै लैजाने उल्लेख गर्दै उहाँले यस कार्यमा सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।

सोही संघकी उपाध्यक्ष नमीता पोख्रेलले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा संघकी प्रशासन सचिव निलु न्यौपानेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.