पदयात्रामा गएका जर्मन नागरिकको मृत्यु

पदयात्रामा गएका जर्मन नागरिकको मृत्यु

लाङटाङ क्षेत्रको पदयात्रामा निस्केका जर्मनीका नागरिक ४९ वर्षीय निल्स जाकलको आज मृत्यु भएको छ ।

लाङटाङको पदायात्रा गरी फर्किने क्रममा श्वासप्रश्वासमा गाह्रो भएपछि गोसाइँकुण्ड गाउँपालिका– ५ लामाहोटल क्षेत्रमा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनी गत शनिबार लाङटाङको पदयात्रामा निस्केका थिए ।

अहिले प्रहरी नायब उपरीक्षक शरत् कुमार थापा क्षेत्री हेलिकप्टरमा प्रहरी टोलीसहित घटनास्थलमा जानुभएको छ ।
–––

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.