मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका–८ मा मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धादिङको धुनीबेँसी नगरपालिका – ४ जीवनपुरका महेश गजुरेल रहेको इलाका प्रहरी कार्यालय खानीखोलाले जानकारी दिएको छ ।

धादिङको धुनीबेसी नगरपालिकाबाट महादेवबैसीतर्फ जाँदै गरेको ना ५३ प ३०४८ नं को मोटरसाइकल अनियन्त्रित भई नालामा ठोक्किएको थियो ।

मोटरसाइकल ठोक्किएपछि घाइते भएका गजुरेलको उपचारका क्रममा काठमाडौँस्थित ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
–––

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.