
तीन बालिकालाई बलात्कार गरेको आरोपमा एक पक्राउ
तीन बालिकालाई बलात्कार गरेको आरोपमा क्व्होलासोंथर गाउँपालिका–३ बगुमका ४३ वर्षीय नन्दमान गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।
गुरुङले ११/११ वर्षीय दुईजना र नौ वर्षीया एक बालिकालाई कोही नबस्ने गरेको एक घरमा लगेर जबर्जस्ती करणी गरेको अभियोग प्रहरीले शुक्रबार पक्राउ गरेको प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले बताए ।
उनले भने, ‘गुरुङले गत ६ गते तीन जनालाई एकै ठाउँमा बोलाएर ललाईफकाई गरी जबर्जस्ती करणी गरेको र शुक्रबार परिवारको लिखित उजुरीका आधारमा सोही दिन पक्राउ गरिएको हो ।’ सोभन्दा अघि पनि ती बालिकामाथि पटकपटक जबर्जस्ती करणी गर्ने गरेको र परिवारलाई बालिकाले शुक्रबारमात्र जानकारी गराएपछि थाहा भएको प्रहरीले जनाएको छ ।
पक्राउ गरेलगत्तै आरोपित गुरुङलाई जिल्ला अदालतमा लगेर २० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । एघार र नौ वर्षको बालिका एउटै परिवारको रहेको प्रहरीले जनाएको छ ।
अरु समाचार
दुई महिला बलात्कारको अभियोगमा एक जना पक्राउ
बाँकेको डुडुवा गाउँपालिका वडा नं ५ कम्दीस्थित हजरत कम्मरशाह बाबा दर...
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा...
बिजुली बत्ती गएको मौका छोपी ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरो...
विवाहको वहाना गरी जबरजस्ती करणी तथा ठगी गर...
विवाह गर्छु भनि ललाई फकाई जबरजस्ती करणी गरी विभिन्न धनमाल समेत ठगी ...
बलात्कार आरोपमा दुई जना पक्राउ
२१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ललितपुरबाट दुई ज...
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
प्रहरीले बिभिन्न स्थानबाट महिला तथा किशोरीलाई जबरजस्ती करणी गरेको अ...
बन्दाबन्दीमा बलात्कारका घटनामा वृद्धि
बन्दाबन्दी समयमा दाङमा बलात्कारका घटनामा वृद्धि भएको पाइएको छ । अनौ...
१६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा...
१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले गुल्मीबा...
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा...
१४ वर्षिया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कञ्चनपु...