बलात्कार आरोपमा दुई जना पक्राउ

बलात्कार आरोपमा दुई जना पक्राउ

२१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ललितपुरबाट दुई जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा ललितपुर हरिसिद्धि बस्ने चितवन खैरेनी नगरपालिका-३ घर भएका २८ वर्षीय रामशरण बिक र नुवाकोट विदुर नगरपालिका-८ घर भएका रामकुमार सुनुवार रहेका छन् ।

उनीहरूले ती महिलालाई रोकी राखेको ग.१ ख २३३८ नम्बरको ट्रकभित्र जबरजस्ती करणी गरेको भन्ने सुचनाका आधारमा महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरूलाई आइतबार राति पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान सुरु गरेकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.