जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
प्रहरीले बिभिन्न स्थानबाट महिला तथा किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ४ जनालाई पक्राउ गरेकाे छ ।
काठमाडौं, १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुर चौदण्डी नगरपालिका-३ घर भई हाल काठमाडौं थानकोट बस्ने २६ वर्षीय जय राईलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
राईले ती बालिकालाई नागर्जुन नगरपालिका-१० खड्का गाउँस्थित आफ्नो साथीको डेरा कोठामा लगि बिहे गर्छु भनि ललाई फकाई शुक्रबार
राति जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ललितपुर सातदोबाटोबाट उनलाई फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
ओखलढुङगा, २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मानेभन्ज्याङ गाउँपालिका-६ बस्ने २३ वर्षीय पुजन राईलाई प्रहरीले पक्राउ गरेको छ ।
पुजनले ती महिलालाई डर घम्की देखाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हर्कपुरबाट खटिएको प्रहरीले उनलाई शुक्रबार दिउँसो पक्राउ गरेको हो ।
गुल्मी, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मालिका गाउँपालिका-४ अर्खाबाङ बस्ने यम भन्ने ३५ वर्षीय झैनसिंह घर्ती मगरलाई प्रहरीले पक्राउ गरेको छ ।
२०७७ असार १८ गते मगरले ती किशोरीलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी अर्खाबाङबाट खटिएको प्रहरीले उनलाई शनिबार दिउँसो पक्राउ गरेको हो ।
पाँचथर, १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तुम्वेवा गाउँपालिका-४ ढाँड गाउँ बस्ने २४ वर्षीय दिपक राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
राईले ती बालिकालाई घरमा एक्लै भएको अवस्थामा कोठामा प्रवेश गरीजबरजस्ती करणी गरी फरार रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी दशमी र ईलाका प्रहरी कार्यालय रबिबाट संयुक्त रुपमा खटिएको प्रहरीले मिक्लाजुङ गाउँपालिका-४ रबि बजारबाट फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
अरु समाचार
प्रेमिकासँग विवादपछि जसले अश्लिल फोटो, भिड...
सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राममा आफ्नै केटी साथीको अश्लिल फोटो...
आफ्नै १५ वर्षीया छोरीमाथि यौन दुर्व्यवहार,...
आफ्नै १५ वर्षीया छोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा भक्तपुर चाँ...
तीन बालिकालाई बलात्कार गरेको आरोपमा एक पक्राउ
तीन बालिकालाई बलात्कार गरेको आरोपमा क्व्होलासोंथर गाउँपालिका–३ बगुम...
दुई महिला बलात्कारको अभियोगमा एक जना पक्राउ
बाँकेको डुडुवा गाउँपालिका वडा नं ५ कम्दीस्थित हजरत कम्मरशाह बाबा दर...
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा...
बिजुली बत्ती गएको मौका छोपी ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरो...
विवाहको वहाना गरी जबरजस्ती करणी तथा ठगी गर...
विवाह गर्छु भनि ललाई फकाई जबरजस्ती करणी गरी विभिन्न धनमाल समेत ठगी ...
बलात्कार आरोपमा दुई जना पक्राउ
२१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ललितपुरबाट दुई ज...
बन्दाबन्दीमा बलात्कारका घटनामा वृद्धि
बन्दाबन्दी समयमा दाङमा बलात्कारका घटनामा वृद्धि भएको पाइएको छ । अनौ...