करणी कसुरमा दुई जना पक्राउ
एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले भोजपुरका एक युवकलाई पक्राउ गरेको छ ।
बेलकोटगढी नगरपालिका ७ मा सहचालकका रुपमा काम गर्दै आएका भोजपुर पौवादुम्बा –५ का २१ वर्षीय सत्यकुमार राईलाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजेश थापाले जानकारी दिए ।
आरोपित राईले बेलकोटगढी, दुईपिपलकी युवतीलाई ललाईफकाई गत सोमबार राति त्रिशूली नदीको किनारमा लगी बलात्कार गरेको भन्दै पीडित पक्षले बिहीबार उजुरी दिएपछि पक्राउ गरिएको थियो ।
घोडाघोडी– कैलालीको घोडाघोडी नगरपालिकामा बलात्कारको आरोपमा एक जना पक्राउ परेका छन् । घोडाघोडी–९ का २४ वर्षीय भुवन रावललाई सोही स्थानकी युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।
बिहीबार राति करीब १ बजेतिर घरमा सुतिरहेका अवस्थामा घरको कोठामै आएर आफूलाई जबर्जस्ती करणी गरेको युवतीले जाहेरी दिएपछि अनुसन्धानका लागि रावललाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख हरिशरण भट्टले जानकारी दिए ।
अरु समाचार
प्रेमिकासँग विवादपछि जसले अश्लिल फोटो, भिड...
सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राममा आफ्नै केटी साथीको अश्लिल फोटो...
आफ्नै १५ वर्षीया छोरीमाथि यौन दुर्व्यवहार,...
आफ्नै १५ वर्षीया छोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा भक्तपुर चाँ...
तीन बालिकालाई बलात्कार गरेको आरोपमा एक पक्राउ
तीन बालिकालाई बलात्कार गरेको आरोपमा क्व्होलासोंथर गाउँपालिका–३ बगुम...
दुई महिला बलात्कारको अभियोगमा एक जना पक्राउ
बाँकेको डुडुवा गाउँपालिका वडा नं ५ कम्दीस्थित हजरत कम्मरशाह बाबा दर...
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा...
बिजुली बत्ती गएको मौका छोपी ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरो...
विवाहको वहाना गरी जबरजस्ती करणी तथा ठगी गर...
विवाह गर्छु भनि ललाई फकाई जबरजस्ती करणी गरी विभिन्न धनमाल समेत ठगी ...
बलात्कार आरोपमा दुई जना पक्राउ
२१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ललितपुरबाट दुई ज...
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
प्रहरीले बिभिन्न स्थानबाट महिला तथा किशोरीलाई जबरजस्ती करणी गरेको अ...