जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले भक्तपुरबाट एक जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा दाङ तुलसीपुर नगरपालिका-४ घर भएका चाँगुनारायण नगरपालिका-९ ताथलीस्थित हनुमान ईट्टाभट्टामा काम गर्ने ३० वर्षीय सुरेस बादी रहेका छन् ।

बादीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई मंगलबार दिउँसो पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.