१४ वर्षीया छात्रामाथि यौन दुर्व्यवहार गरेकाे आराेपमा प्रधानाध्यापक पक्राउ

१४ वर्षीया छात्रामाथि यौन दुर्व्यवहार गरेकाे आराेपमा प्रधानाध्यापक पक्राउ

१४ वर्षीया छात्रामाथि यौन दुर्व्यवहार गरेकाे आराेपमा प्रहरीले प्रधानाध्यापकलाई पक्राउ गरेकाे छ ।

पाँचथरको फाल्गुनन्द गाउँपालिका १ मा रहेको सिद्धेश्वरी माध्यमिक विद्यालयकाे कक्षा ३ मा पढ्ने १४ वर्षीया छात्रालाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले प्रधानाध्यापक मोहनप्रसाद दुलाललाई पक्राउ गरेको हाे ।

अभिभावकको उजुरीको आधारमा दुलाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रोहनराज अर्यालले जानकारी दिए । दुलालले किशोरीको संवेदनशील अंगमा हात लगाएको भन्दै उजुरी परेको छ । विद्यालयबाट छात्रा रुँदै घर पुगेपछि घटना सार्वजनिक भएको हो ।

दुलालले यसअघि पनि पटक–पटक विद्यालयमा छात्रालाई दुर्व्यवहार गर्दै आएका अभिभावकहरुले बताएका छन् ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.