जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

२६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका-६ हात्तिगौडा डेरा गरी बस्ने झापा गौरीगञ्ज-१ घर भएका ३५ वर्षीय सुवास संग्रौला र ३३ वर्षीय बिशाल संग्रौला रहेका छन् ।

उनिहरुले ती महिलालाई विदेश पठाइदिन्छु भन्दै ललाई फकाई आफ्नै कोठामा लगेर जबरजस्ती करणी गरेको भन्नेखबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनीहरुलाई बुधबार प्रहरीले पक्राउ गरेको हाे ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.