१६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

१६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

रुपन्देहीकाे सम्मरीमाई गाउँपालिका बस्ने १६ वर्षीया किशोरी माथी सामूहिक बलात्कार भएकाे छ । किशोरी माथी जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सम्मरीमाई गाउँपालिका-१ थुमुवापिप्रहवा बस्ने २३ वर्षीय बृजेश त्रिपाठी, २२ वर्षीय पंकज तिवारी र जयवन्त कहांर रहेका छन् । उनीहरुले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मर्चवारबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.