बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

१२ वर्षीय बालिकालाई  जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले मोरङबाट एक जनालाई सोमबार दिउँसो पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लेटाङ नगरपालिका-९ बस्ने ४५ वर्षीय भद्र बहादुर कार्की रहेका छन् । कार्कीले ती बालिकालाई जबरजस्तीकरणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लेटाङ र अस्थाई प्रहरी चौकी जाँतेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.