‘ब्ल्याकमेल’ गर्दै सात पटक बलात्कार

‘ब्ल्याकमेल’ गर्दै सात पटक बलात्कार

प्रहरीले सामाजिक सञ्जालको दुरुपयोग गर्दै २२ वर्षीया विवाहित युवतीमाथि पटक–पटक बलात्कार गरेकाे अभियाेगमा मोरङबाट एक युवकलाई  पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा मोरङको पथरीशनिश्चरे नगरपालिका–७ का २५ वर्षीय रविन आचार्य रहेका छन् । तीन महिनादेखि विभिन्न खाले डर देखाएर ‘ब्ल्याकमेल’ गर्दै प्रभावमा पारेर बलात्कार गरिरहेको किटानी जाहेरी परेपछि प्रहरीले आचार्यलाई पक्राउ गरेकाे हाे ।

अनुसन्धानकाे क्रममा ती युवकले सात पटक भन्दा बढी बलात्कार गरेको खुलेको छ । पछिल्लो पटक चार दिनअघि बलात्कार गरेको खुलेको छ । प्रहरीका अनुसार फेसबुकमार्फत डर देखाउँदै धम्की दिएर युवाले युवतीलाई ‘ब्ल्याकमेल’ गर्ने गरेको प्रमाणहरु फेला फेला परेका छन् ।

प्रहरीका अनुसार आफूसँग रहेको नाङ्गो फोटो सामाजिक सञ्जालमा भाइरल बनाइदिने र यदि नगर्नु हो भने मैले भनेको मान्नु पर्छ भनेर ‘ब्ल्याकमेल’ गरेपछि शरण पर्न गएकी युवतीलाई आचार्यले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बारम्बार घटना दोहारिन थालेपछि युवतीले यो कुरा श्रीमानलाई सुनाएर पारिवारिक सल्लाहअनुसार नै ती युवतीले प्रहरीमा जाहेरी दिएकी हुन् ।

पक्राउ परेका आचार्यविरुद्ध आइतबार जबरजस्ती करणी मुद्दा चलाउन जिल्ला अदालत मोरङबाट म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.