जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले मंगलबार दिउँसो कैलालीबाट एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बर्दगोरीया गाउँपालिका- १ स्थित उत्तरमुडा बस्ने ३३ वर्षीय गोपाल चौधरी रहेका छन् । चौधरीले ती किशोरी घरमा एक्लै भएको अवस्थामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएको प्रहरीले चौधरीलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.