सुस्त मनस्थिति भएकी एक महिलामाथि सामूहिक बलात्कार

सुस्त मनस्थिति भएकी एक महिलामाथि सामूहिक बलात्कार

रुपन्देहीकाे शुद्वोधन गाउँपालिका १ चंखीपुरमा सुस्त मनस्थिति भएकी एक ५० वर्षीय महिलामाथि सामूहिक बलात्कार भएको छ ।

२० गते साँझ रक्सिले मातिएका साेहि गाउँपालिकाकै रामनाथ मल्लाह र कुलबहादुर पौडेलले बलात्कार गरेको पिडित परिवारले आरोप लगाएको छ ।

परिवारले दुवैविरुद्ध इलाका प्रहरी कार्यालय बुटललमा किटानी जाहेरी दिएको छ । प्रहरीले भने उजुरी गर्दा पनि अपराधी पक्राउ गर्न आननकानी गरिरहेको आरोप पिडित पक्षको रहेको छ ।

महिलाको इसाराका आधारमा बलात्कारमा संलग्नको पहिचान गरेका थिए । घटना प्रहरीमा पुगेको थाहा पाएपछि आरोपित पौडेल र मल्लाह फरार छन् ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.