बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा एक पक्राउ

बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा एक पक्राउ

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले भक्तपुरबाट एक जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका- ३ बस्ने २४ वर्षीय सरोज विक रहेका छन् । विकले ती बालिकालाई सिन्धुपाल्चोकस्थित आफ्नै घरमा लगेर ललाई-फकाई जबरजस्ती करणी गरेको भनी पीडित बालिकाको आफन्तको उजुरीको आधारमा महानगरीय प्रहरी वृत्त ठिमी, भक्तपुरबाट खटिएको प्रहरीले विकलाई बुधबार साँझ पक्राउ गरेको हाे ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.