बलात्कारको अभियोगमा हेल्थ पोष्टका इञ्चार्ज पक्राउ

बलात्कारको अभियोगमा हेल्थ पोष्टका इञ्चार्ज पक्राउ

महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रौतहटका एक स्वास्थ्यकर्मी पक्राउ परेका छन् ।

चितवनको भरतपुर बस्ने एक ३२ वर्षीय महिलालाई बलात्कार गरेको अभियोगमा रौतहट जिल्लाको यमुनामाई गाउँपालिकाको सरुअठा हेल्थ पोस्टका इन्चार्ज ४५ वर्षीय सुधीरकुमार सिंहलाई प्रहरीले शुक्रबार गौरबाट पक्राउ गरेको हो।

गौरबाट चितवन जान बस कुरिरहेको अवस्थामा आरोपीत सिंहले महिलालाई चितवनको बस चढाइदिने भन्दै मोटरसाइकलमा राखेर सदरमुकामबाट करिब १५ किलोमिटर उत्तरमा रहेको आफू कार्यरत सरुअठा हेल्थ पोस्टमा लगेर रातभर बन्धक बनाइ बलात्कार गरेको महिलाको आरोप छ ।

महिलाको जाहेरीको आधारमा इन्चार्ज सिंहलाई पक्राउ गरि अनुन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.