१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

प्रहरीले गुल्मीबाट १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ ।

जिल्लाकाे रुरुक्षेत्र गाउँपालिका-४ खानीडाँडा बस्ने ४१ वर्षीय भोज बहादुर सार्कीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हाे । सार्कीले बालिकालाई सोही ठाउँमा रहेको जंगलमा लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रिडीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.