डाक्टरलाई बलात्कारपछि जलाउने ४ भारतीय ‘इन्काउन्टर’मा मारिए

डाक्टरलाई बलात्कारपछि जलाउने ४ भारतीय ‘इन्काउन्टर’मा मारिए

भारतको लेलङनामा गत हप्ता एक २६ वर्षीया भेटनरी डाक्टरमाथि सामूहिक बलात्कार गरी हत्या गरेको अरोपमा न्यायिक हिरासतमा रहेका चारै जना अरोपी प्रहरी इन्काउन्टरमा मारिएका छन् ।

भारतीय प्रहरीले सो इन्काउन्टर गए राती भारतीय समय ३.३० बजे भएको र चारै जनामा मारिएको पुष्टि गरेको छ । प्रहरीले ब्याङलुर हैदरवावाद राष्ट्रिय राजमार्गको छतनपली गाउँका पुल मुनी जहाँ बलात्कारको घटना भएको थियो सोही स्थानमा सो इन्काउन्टर भएको जनाएको छ ।

२७ नभेम्बरमा एक भेटनरी डाक्टरको बलात्कार गरी चार युवकहरुले शरीर जलाइदिएका थिए। प्रहरीको अनुसन्धानको आरोपीहरुलाई क्राइम सिन रिक्रिएट गर्नका लागि घटना भएको स्थानमा लगेका थिए। अनुसन्धानबीच चारैजना आरोपीहरुले  भाग्ने प्रयास गरेपछि प्रहरीले गोली चलाएको जनाइएकाे छ।

प्रहरीले घटना लगत्तै चार आरोपीलाई पक्राउ गरको थियो। अदालतले उनीहरुलाई १४ दिनको न्यायिक हिरासतमा पठाएको थियो। डाक्टरको बलात्कारपछि शरीर जलाएर फालिएको घटना सार्वजनिक भएपछि भारतभर विरोध भइरहेको छ।

घर फर्किरहेकी डाक्टर स्कुटर पञ्चर भएपछि एउटा टोल प्लाजामा बसिरहेकी थिइन्। त्यही बेला पेशाले ट्रक डाइभर र किल्नर रहेका आरोपीहरुले महिलाको सामूहिक बलात्कार गरी शरीर जलाइ दिएका थिए। आरोपीहरु २० देखि २६ वर्ष उमेर का थिए।

भारतमा गत वर्षको बालात्कारको तथयाङ्क हेर्दा दैनिक सरदर ९३ जना महिला बलात्कारको शिकार हुने गरका छन् ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.