बलात्कार आरोपमा सिद्धबाबा पक्राउ

बलात्कार आरोपमा सिद्धबाबा पक्राउ

सिद्धबाबा भनिने कृष्णदास गिरीलाई बलात्कार अभियोगमा प्रहरीले पक्राउ गरेकाे छ ।

जिल्ला अदातल सुनसरीले शुक्रबार  गिरीलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिए सङ्गै सुनसरी प्रहरीले गिरीलाई पक्राउ गरेकाे हाे ।

गिरीमाथि आफ्नै अनुयायी महिलामाथि गत ४ कात्तिकमा बलात्कार गरेको आरोप लागेको थियो । बलात्कार आरोप लगाउँने महिलाले आफूलाई भेट्न बोलाएर चतरास्थित आश्रममै बलात्कार गरेको आरोप लगाएकी थिईन ।

गिरीविरूद्ध जबरजस्ती करणीको मुद्दा बिहीबार जिल्ला अदालत सुनसरीमा दर्ता भएको थियो।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.