१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले कञ्चनपुरबाट एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कञ्चनपुरकाे बेलौरी नगरपालिका-८ कानपुर बस्ने २९ वर्षीय धनीराम चौधरी रहेका छन् । चौधरीले ती बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पचुईबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.