८ वर्षका सिरियल किलर

८ वर्षका सिरियल किलर

इतिहासको पानामा सिरियल किलिङका कैयौं डरलाग्दा घटनाहरु अंकित छन् । यीमध्येको एक घटना अरुभन्दा फरक छ किनकि यो घटनामा हत्यारा मात्रै ८ वर्षका बालक थिए जसले ३ जनाको पालैपालो हत्या गरेका थिए ।

घटना २००७ को हो । भारतको बिहारको बेगूसरायको मुसहरी गाउँमा लगातार दुई बालकको हत्या भयो । गाउँलेहरु त्रसित बने । लगत्तै अर्का बालकको पनि हत्या भएपछि भने त्रास झनै बढ्यो । यतिसम्म रहस्यमय तरिकाले कसले हत्या गरिरहेको छ भन्ने विषयमा सबै चकित थिए । हत्यारा उनीहरुको अगाडि थियो तर उनीहरु कसैले विश्वास नै गर्न सकिरहेका थिएनन् । किनकि यी सबै हत्या ८ वर्षको बालकले गरेका थिए । यी बालकको नाम अमरदीप सदा थियो । १९९८ मा जन्मिएका अमरदिपलाई अहिले संसारकै सबैभन्दा कम उमेरको सिरियल किलर मानिन्छ ।

रिपोर्टका अनुसार अमरदिपले आफ्नी साख्खै बहिनीलाई पनि छोडेका थिएनन् । पक्राउ पर्नुभन्दा पहिले उनको अन्तिम शिकार छिमेककी ६ महिनाकी बालिका थिइन् । ती बालिकाको टाउकोमा अमरदीपले प्राण नजाँदासम्म ढुंगाले प्रहार गरेका थिए । अमरदीपका तीन शिकार सबै बालबालिका थिए । प्रहरीले अमरदीपसँग यी हत्याको कारण सोध्दा उनले दिएको जवाफले सबै चकित परेका थिए । उनको भनाइअनुसार मान्छे मार्दा उनलाइ मजा आउँथ्यो त्यसैले उनीहरुको हत्या गरेका थिए ।

रिपोर्टका अनुसार प्रहरीको सोधपुछका क्रममा हरेक अपराध कबुल गर्नुभन्दा पहिले उनी प्रहरीसँग बिस्कुट माग्थे । यो केसको अनुसन्धान गर्ने प्रहरी अफिसरले यस्तो विचित्र केस पहिले कहिल्यै नदेखेको बताएका थिए । प्रहरीले गाली गर्दा समेत यो बालक अपराधीलाई कुनै असर पर्दैनथ्यो । अदालतमा सुनुवाइका क्रममा भने हत्याका बेला उनी नाबालक रहेको भन्दै उनलाई सुधार गृह पठाइएको थियो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

‘सिरियल किलर’

राजविराजबाट झन्डै २५ किलोमिटरको दूरीमा रहेको जन्डौल–८ स्थित महुली न...

©crimenewsnepal 2018 - All Right Reserved.