हत्या र बलात्कारका ३२ वटा घटनामा संलग्न

हत्या र बलात्कारका ३२ वटा घटनामा संलग्न

नेपालमा भएका हत्या र बलात्कारका ३२ वटा घटनामा संलग्न रहेर भारतमा बस्दै अाएका मानबहादुर बुढाथोकीलाई भारतीय प्रहरीले पक्राउ गरी नेपाल सुपुर्दगी गरेको छ।

दिल्ली प्रहरीले पक्राउ गरेका बुढाथाेकीलाई वनबासा, महेन्द्रनगरमा केन्द्रीय अनुसन्धान ब्युरोलाई हस्तान्तरण गरिएको हो।

पक्राउ बुढाथाेकीलाई भारतीय सुरक्षाकर्मीले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीलाई हस्तान्तरण गरेका हुन्। हत्या र बलात्कारका ३२ घटनामा संलग्न देखिएका बुढाथोकी सिआइबीको हिरासतमा रहेको सिआइबीले बताएको छ।

बाराको डुमरुवाना घर भएका उनले पछिल्लो पटक महोत्तरीमा अपराध गरेको प्रहरी रेकर्ड छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

‘सिरियल किलर’

राजविराजबाट झन्डै २५ किलोमिटरको दूरीमा रहेको जन्डौल–८ स्थित महुली न...

©crimenewsnepal 2018 - All Right Reserved.