यसरी गरे ८ जनाको हत्या

यसरी गरे ८ जनाको हत्या

एउटा व्यक्तिले कति जनाको हत्या गर्न सक्ला? एक जना, दुईजना, तीनजना वा त्यो भन्दा धेरै ।

सामान्यतः एक जनाको हत्या गर्ने वित्तिकै अपराधीलाई प्रहरीले पक्राउ गर्छ । उ विरुद्ध मुद्धा दर्ता गर्छ र अदालतले निश्चित कैद सजाय सुनाएपछि जेल पठाउँछ ।

तर सप्तरीकासकिन हुसेनले पटकपटक गरेर ८ जनाको हत्या गरेका छन्। उनी हत्यापछि पक्राउ परे। फेरि पुनरावेदन अदालतले आदेश दिएपछि थुनामुक्त भए। थुनामुक्तपछि झन् हुसेन अपराध उद्धत भए।

२०६४ देखि २०७० को बिचमा मात्रै सकिलले सुनसरी र सप्तरीमा आठ जनाको हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ। हत्याका अन्य कैयन घटनामा समेत सकिलको संग्लनता रहेको प्रहरीको दाबी छ। तत्कालीन गाविस टिकुलिया-७ सप्तरी घर भएका सकिल चार वर्षअघि कतार पुगेका थिए।

अन्ततः अन्तर्राष्ट्रिय प्रहरी संगठन (ईन्टरपोल)मार्फत रेड कर्नर नोटिस जारी भएका सिरियल किलर सकिल कतारमा पक्राउ परे।

नेपाल प्रहरीले २०७२ असार ४ मा पत्राचार गरेपछि इन्टरपोलले असार ६ मा सकिलको नाममा रेडकर्नर नोटिस जारी गरेको थियो। सकिलले २०७० मंसिर ४ मा सप्तरी जन्डौलकी दुलारीदेवी शाहको र २०६९ असोजमा सप्तरीकै सहबुद मियाँ र उनकी बुहारी सगिरा खातुनको पनि हत्या गरेका थिए। २०७० चैत २ गते सप्तरीकै त्रिकोलकी निर्मलादेवी शाहको हत्यामा पनि सकिलको संग्लनता रहेको प्रहरी अनुसन्धानले देखाएको छ।

ठगी र व्यक्ति हत्यामा संग्लन सकिल समूह नै बनाएर अपराधकर्ममा उद्धत थिए। उनका निकट सहयोगीहरु धमाधम पक्राउ पर्न थालेपछि उनी कतार हिँडेका थिए। जेलमा रहेका आफन्त वा परिवारजनका सदस्य छुटाउने भन्दै मोटो रकम असुल्ने र परिवारकै सदस्यको हत्या गरी बेपत्ता हुने सकिलको अपराध शैली थियो।

२०६४ बैशाख २६ गते सकिल सप्तरी मल्हनियाका आरुल मियाँको हत्या अभियोगमा २०६८ मंसिरमा पक्राउ परेर राजविराज कारागारमा थुनामा परेका थिए। २६ माघ २०६८ मा पुनरावेदन अदालत राजविराजको आदेशले सकिल थुनामुक्त भएका थिए। त्यसपछि उनी उस्तै प्रकृतिको रकम असुली र व्यक्ती हत्याको बाटोमा हिँडिरहे। बारम्बार जेल पर्दै राजनीतिक पहुँचको भरमा छुट्दै फेरि अपराधकर्मका संग्लन हुँदै हिँडेको सकिलको इतिहास छ।

२०७० चैत २ गते सप्तरीको तत्कालीन त्रिकौल गाविसकी निर्मलादेवी शाहको हत्यामा पनि सकिलको संग्लनता रहेको हुनसक्ने प्रहरीको अनुमान छ। त्यस्तै २०७० कै पुसमा र सुनसरी इनरुवा-७ का एकै परिवारका सदस्य इद्रिस नट मियाँ, जैतुन खातुन र सेरुन खातुनको हत्या पनि सकिलले नै गरेको प्रहरीको निष्कर्ष थियो।

उच्च प्रहरी स्रोतका अनुसार कतारी प्रहरीले सकिलको पक्राउबारे प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखालाई जानकारी गराइसकेको छ। थुनामा रहेको सकिललाई नेपाल ल्याउने तयारी भइरहेको छ।
कान्तिपुरबाट

Facebook Comments
Facebook Comment

अरु समाचार

‘सिरियल किलर’

राजविराजबाट झन्डै २५ किलोमिटरको दूरीमा रहेको जन्डौल–८ स्थित महुली न...

©crimenewsnepal 2018 - All Right Reserved.