जमिम शाह हत्या

जमिम शाह हत्या

२०६६ साल माघ २४ गते काठमाडौँको लाजिम्पाटस्थित फ्रान्सेली दूतावासनजिकै जमिम शाहमाथि गोली प्रहार भएको थियो। स्पेस टाइम केबल नेटवर्क तथा च्यानल नेपालका अध्यक्ष रहेका शाहलाई मोटरसाइकलमा चढेर आएका अज्ञात बन्दूकधारीले दिउँसै उनीमाथि गोली हानी भागेका थिए।

घटनामा उनीसँगै रहेका मथुरामान मालाकार पनि घाइते भए । शाहको टिचिङ अस्पताल महाराजगन्जमा उपचार क्रममा ज्यान गयो । शाहको टाउकोमा गोली लागेको थियो।

याक एन्ड यति होटल दरबारमार्गको हेल्थ क्लबमा नुहाएर पानीपोखरीस्थित घरमा जाँदै थिए जमिम शाह। ना १ च २१५१ नम्बरको कारमा थिए उनी र चालक मथुरामान मालाकार। बा १५ प ८७३३ नम्बरको मोटरसाइकलमा आएका दुई जनाले उनीमाथि गोली हानेका थिए।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.