दरबार हत्याकाण्ड

दरबार हत्याकाण्ड

२०५८ जेठ १९ शुक्रबारका दिन तत्कालीन राजा वीरेन्द्रको वंशनाश हुनेगरी राजपरिवारका १० जनाको हत्या भएको थियो।

हत्यामा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारीहरू श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको हत्या भएको थियो ।

घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घाइते भएका थिए ।

दरबार हत्याकाण्ड घटना रहस्य नै छ ।

मजबुत सुरक्षा घेराभित्र अत्यन्त शक्तिशालि राजपरिवारको वंशनाश भएको घटनाका बारेमा अझै स्वतन्त्र रुपमा छानबिन हुन सकेको छैन।

तत्कालिन राजा ज्ञानेन्द्रको निर्देशनमा गठित उच्चस्तरीय छानबीन् समितिले घटनाका बारेमा प्रतिबेदन तयार गरेपनि सो प्रतिवेदनका बारेमा चौतर्फी आशंका व्यक्त भएका थिए।

तत्कालिन सभामुख तारानाथ रानाभाटले प्रतिवेदन सार्वजनिक गर्दा गरेको फितलो प्रस्तुतिका कारण सो प्रतिवेदन आफैं हास्यास्पद बनेको थियो।
प्रतिवेदनमा हत्या  तत्कालिन युवराज दिपेन्द्रले हत्या गरेको देखाइएको छ। वीरेन्द्रको वंशनास भएपछि केही बर्ष ज्ञानेन्द्र शाहले राज्य चलाएका थिए । तर पछि १९ दिने जनआन्दोलनका कारण उनले घुडाँ टेक्न बाध्य भए ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.