३५ किलो सुनकाण्ड

३५ किलो सुनकाण्ड

२०७१ साल असार २३ गते प्रहरीले काठमाडौंको तीनकुनेबाट ३५ किलो सुन बरामद गरेको थियो । भीमबहादुर तामाङ, पदम तामाङ र सञ्जय झाको सुराकीमा प्रहरीले सो परिमाण बराबरको सुन बरामद भएको थियो।

बरामद भएको सुनको १५ प्रतिशत मूल्य बराबर ‘सुराकी कमिशन’ दिने चलन थियो । जसअनुसार उक्त सुनको सुराकी गर्नेले सुराकी कमिशनवापत २ करोड १० लाख रुपैयाँ पाउनुपर्ने थियो ।

तर, प्रहरी नेतृत्वले आफ्नै नाता गोतालाई नक्कली सुराकी खडा गरेर वास्तविक सुराकीलाई कमिसन नदिएपछि यो काण्ड बाहिर आयो ।

यसमा उपेन्द्रकान्त अर्याल सीआइबीका तत्कालीन एसपी ईश्वरबाबु कार्की पनि मुछिए।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.