परिवारै सखाप, तारकेश्वरमा एकै परिवारका ४ जनाको शव

परिवारै सखाप, तारकेश्वरमा एकै परिवारका ४ जनाको शव

काठमाडौंको तारकेश्वर वडा २ स्थित पदमसालमा एकै परिवारका ४ जनाको शव भेटिएको छ।

अपडेट-

प्रहरीद्धारा जारी बिज्ञप्ति

मिति २०७९।०४।१६ गते अं. ०९:०० बजेको समयमा काठमाण्डौ जिल्ला तार्केश्वर नगरपालीका वडा नं.२ पदमसालस्थित एउटा एकतले घरमा घरधनी दिनेश पाण्डेको छोरी ०८:०० बजे बिद्यालय जानु पर्नेमा नआएकोले छिमेकीमार्फत खवर गर्दा घरको झ्याल ढोका बन्द रहेको, घरबाट आवाज नआएको भनी प्रहरीलाई सूचना प्राप्‍त हुन आएको ।
तत्कालै प्रहरी बृत्त बालाजुबाट प्रहरी अधिकृतसहिको अनुसन्धान टोली खटिई घटनास्थलमा पुग्दा घरको सम्पूर्ण झ्याल ढोकाहरु भित्रबाट चुकुल लगाई बन्द अवस्थामा रहेको ।
घटनामा निम्न ब्यक्तिहरुको शव फेला परेको ।
निम्न:
१. जि.गोरखा, भिमसेनथापा गा.पा. ६ अश्राङ स्थायी घर भई हाल काठमाण्डौ जिल्ला तार्केश्वर नगरपालीका वडा नं.२ पदमसालस्थित बस्ने घर धनी बर्ष ४१ को दिनेश पाण्डे ।
२. ऐ. ऐ. बस्ने निजको श्रीमती बर्ष ३९ सुनिता पाण्डे ।
३. ऐ.ऐ. बस्ने बर्ष १३ की छोरी ।
४. ऐ.ऐ. बस्ने बर्ष ८ को छोरा ।
घटनास्थलमा काठमाण्डौ परिसरबाट प्रहरी उपरीक्षकसहितको प्रहरी टोली, काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट प्रहरी अधिकृतसहितको अनुसन्धान टोली (SOCO), प्रहरी बृत्त बालाजुबाट प्रहरी अधिकृतसहितको अनुसन्धान documentation गर्ने टोली खटिएको ।
घटनास्थलमा त्रि.वि. शिक्षण अस्पतालबाट Forensic डा. गोपाल चौधरी र डा. आयुष उपाध्याय सहितको टोली खटिई अनुसन्धानमा कार्यमा संलग्न भएको ।
उक्त अनुसन्धान टोलीद्वारा कानूनी प्रकृया प्रारम्भ गरिएको ।
१७:१५ बजे घटनास्थलबाट शवलाई पोष्ट मार्टमको लागि त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको ।

 

अपडेट

-परिवारका सबै जनाको हत्यापछि दिनेशले आत्महत्या गरेको प्रहरी दाबी

  • सम्पति र बिबाहपछि पनि अरुसँग सम्बन्ध रहेपछि परिवारमा कलह
Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.