गर गहना चोरीमा सङ्लग्न दश पक्राउ

गर गहना चोरीमा सङ्लग्न दश पक्राउ

 

 महानगरीय प्रहरी वृत्त महाराजगञ्जले घर फोरेर चोरी गर्ने दश जनालाई पक्राउ गरेको छ ।

वृत्तको टोलीले उपत्यकाका विभिन्न स्थानमा घर फोरी चोरी  कार्यमा सङ्लग्न रविन थापामगर, सविता सुनुवार, सुमन थापामगर, मनिषा नेम्वाङ, अनिसा खाम्चामगर, सोनी लामा, सुनिल मगर, उद्धव थापा, सञ्जय तामाङ र गौतम मन्नालाई मङ्गलबार साँझ पक्राउ गरेको हो । वृत्तका प्रमुख फणिन्द्र प्रसाइका अनुसार गोँगबु क्षेत्रमा चोरी गर्नेलाई चार दिनको खोजतलासपछि पक्राउ गरिएको हो ।

चोरी गरेका गहना उनीहरुले न्यूरोडस्थित गौतम मन्नाको पसलमा बिक्री गर्ने गरेका थिए । त्यही गहना स्वरुप परिवर्तन गरी ग्राहकलाई बेच्ने गरेको अनुसन्धानका क्रममा खुलेको छ । पक्राउ परेकाबाट प्रहरीले सुनको बेरुवा औँठी एक थान, सुनको झुम्का एक जोर, तिलहरी एक थान, सुनको जन्तर दुई थान सुनको ब्रासलेट एक थान, मङ्गलसुत्र एक थान, , मोबाइल सात थान, नगद रु ९४ हजार, घडी पाँच थान तथा पर्स एक थान बरामद गरेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.