चोरी गर्ने दुई गिरोहका ११ जना पक्राउ
महानगरीय प्रहरी परिसर भक्तपुरले भक्तपुरका विभिन्न ठाउँमा सुन, चाँदीका गरगहना, नगद र टेलिभिजनलगायतका सामग्री चोरी गर्ने दुई गिरोहका ११ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
परिसरले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा चोरीमा संलग्न दुई वटा गिरोह, बरामद गरिएका गरगहना एवं अन्य सामान, चोरीमा प्रयोग भएका तीन वटा मोटरसाइकल र अन्य औजार सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले चोरीमा संलग्न रहेको नौ जना र करीब रु ५० लाख बराबरको चोरिएका गरगहना एवं धनमाल बरामद गरेको बताउनुभयो ।
प्रहरीले भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीको घरलगायत भक्तपुरका विभिन्न नौ स्थानमा दिउँसोको समयमा चोरी गर्ने गिरोहलाई चोरीएका सामानसहित पक्राउ गरेको उहाँले बताउनुभयो ।
सुनका गरगहना तथा नगद चोरी गरी बिक्री वितरण तथा खरीद गर्ने कार्यमा संलग्न भएको अभियोगमा प्रहरीले काभ्रे तिमाल गाउँपालिका वडा नं ३ सरमथली घर भई हाल काठमाडौँ अत्तरखेल बस्ने २९ वर्षीय विवेक भन्ने वाङ्देन तामाङलाई पक्राउ गरेको छ ।
त्यसैगरी काभ्रे भुम्लु गाउँपालिका वडा नं ३ घर भएका २२ वर्षीय विकास भन्ने सुमन लामा, मोरङ केराबारी गाउँपालिका वडा नं २ स्थायी घर भई हाल काठमाडाँै चाबहील बस्ने २३ वर्षीय सन्तोष विक, चोरीका गहना गालेर बिक्री गर्ने भारत महाराष्ट्र प्रदेश साङ्ली थाना तासगाउँ ग्राम पानमलेबाडी घर भई हाल काठमाडौँ– ७ चाबहील बस्ने २७ वर्षीय सचिन भन्ने वैभव बापुसो भोसलेलाई पक्राउ गरेको छ ।
सोही गिरोहका अन्य तीन जना भने फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । प्रहरीले पक्राउ परेकाका साथबाट सुनका गरगहना तथा गालेका सुनका टुक्रा गरी करीब १६.५ तोला, सुनको सिक्का एक थान, गालेका चाँदीका टुक्रा ४२ तोला र नगद नेपाली रुपैयाँ १९ लाख ५८ हजार ७५० र भारतीय रुपैयाँ २५ हजार ५०० बरामद गरेको छ ।
प्रहरीले चोरीमा संलग्न रहेको तीन वटा मोटरसाइकल, पाँच थान मोबाइल सेट, एक थान फलाम काट्ने मेसिन, चार थान कटर ब्लेड र चोरी कार्यमा प्रयोग हुने दुई थान विभिन्न औजार, सुन राख्ने बट्टा, नगरपालिकाका उपप्रमुख रजनी जोशीको नामको गहना तथा सहकारीको रसिद, गणेशको मूर्ति, शङ्ख र तन्नाका टुक्रा बरामद गरेको छ ।
प्रहरीले मङ्गलबार राति मध्यपुरथिमि नगरपालिका– ५ स्थित हिम इलेक्ट्रोनिक्सको स्टोरबाट चोरी भएका रु १० लाख मूल्य बराबरका विभिन्न इञ्चका १४ थान सामसुमका टेलिभिजनसहित काठमाडौँ थापागाउँबाट सात जनालाई पक्राउ गरेको छ ।
पक्राउपर्नेमा रामेछाप मन्थली नगरपालिका–४ घर भई हाल बानेश्वर थापागाउँ बस्ने ३६ वर्षीय राजु काफ्ले, रामेछाप लिखु तामाकोशी गाउँपालिका– १ घर भई हाल कटुञ्जे बस्ने २७ वर्षीय दिनेश पौडेल, दोलखा तामाकोशी–६ घर भई हाल काठमाडौँ काँडाघारी बस्ने २१ वर्षीय शिव फुयाँल र रामेछाप लिखु तामाकोशी– २ घर भई हाल काठमाडौँ अनामनगर बस्ने २५ वर्षीय नारायण दाहाल रहेका छन् ।
प्रहरीले भक्तपुरको चाँगुनारायण नगरपालिका–४ बस्ने ४० वर्षीय सुवास थापामगर, भक्तपुर नगरपालिका–४ बस्ने २० वर्षीय सुजन जाकिबञ्जार र चाँगुनारायण नगरपालिका– ५ छालिङ बस्ने २७ वर्षीय नीरञ्जन लागेजुलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।
पक्राउ परेकामध्ये काफ्ले सोही कम्पनीका पूर्व प्लम्बर र मगर गार्ड र सहायक स्टोर किपरकोसमेत मिलेमतो रहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताउनुभयो ।
प्रहरीले निजबाट ५५ इञ्चको टिभी तीन थान, ४९ इञ्चको टिभी एक थान, ४३ इञ्च टिभी पाँच थान र ३२ इञ्चको पाँच थान बरामद गरेको छ । चोरीकाबारेमा थप अनुसन्धान भइरहेको र फरारको खोजी भइरहेको प्रहरीको भनाइ छ ।
–––
अरु समाचार
बिराटनगरमा समातिए स्कुटरसहित चोरी गर्ने युवक
जिल्ला प्रहरी कार्यालय मोरङले स्कुटर चोरीको अभियोगमा एक युवकलाई पक्...
काठमाडौँ उपत्यकाबाट हराएका २३ मोटरसाइकल स...
ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट हराएका २३ मोटरसाइकल फेला पारी ...
डेढ महिने शिशुको टाउकोमा पेस्तोल ताकेर घरम...
दुर्गा भगवती ३ मत्सरीमा मंगलवार बिहान एकघरमा लुटपाट भएको छ। मत्सरीक...
जब विराटनगरबाट २० हजार लिटर डिजेल सहितको ट...
मोरङमा पार्किङ्ग गरिराखेको ट्यांकर चोरी भएको छ। प्रहरीमा ट्यांकर चो...
नेपाल विद्युत प्राधिकरण ढल्केबरबाट तामाको ...
मिथिला नगरपालिका-७ ढल्केबरस्थित नेपाल विद्युत प्राधिकरण ढल्केबरबाट ...
सुन र नगद चोरी गरेको अभियोगमा पक्राउ
हेटौंडा उपमहानगरपालिका-१२ पदमपोखरीबाट सुन र नगद चोरी गरेको अभियोगमा...
सुन तथा नगद चोरी
काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...
सुनका गरगहना चोरी
मोरङ बेलबारी नगरपालिका-१ सिनेमा हल लाईनस्थित रमेश कुमार सुनारको महा...