पाकेटमारेको नगद र मोबाइल सहित पक्राउ

पाकेटमारेको नगद र मोबाइल सहित पक्राउ

काठमाडौं महानगरपालिका-३ बसुन्धाराबाट सिन्धुपाल्चोक ठूलोधादिङ-१ घर भएका २२ बर्षीय सुकमान गदल समेत ७ जनालाई पाकेटमारेको नगद १० हजार रुपैयाँ र विभिन्न कम्पनीका मोबाइल ६ थान सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको  छ ।

महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरी टोलीले सार्वजनिक यातायातका बसहरूमा जाँच गर्ने क्रममा उक्त सामान सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.