३ लाख ७७ हजार रुपैयाँ बराबरको धनमाल चोरी

३ लाख ७७ हजार रुपैयाँ बराबरको धनमाल चोरी

बुढानिलकण्ठ नगरपालिका-८ गल्फुटार डेरा गरी बस्ने महोत्तरी बर्दिबासका ईशु श्रेष्ठको डेरा कोठाबाट बिहीबार दिउसो कोही नभएको अवस्थामा सुनका विभिन्न गहना ल्यापटप १ थान र नगद ६५ हजार समेत गरी करिब ३ लाख ७७ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

यसैगरी काठमाडौं महानगरपालिका-७ चाबहिल शान्ति गोरेटो डेरा गरी बस्ने झापा अर्जुनधारा नगरपालिका-१ की ३९ वर्षीया अन्जुदेवी भट्टराईको ब्युटीसियन सेन्टरबाट बिहीबार राति कोही नभएको अवस्थामा सुनका विभिन्न गहना र नगद ४५ हजार रुपैयाँ समेत गरी  करिब ३ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

फरार चोरहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.