धनमाल लुटपाट

धनमाल लुटपाट

सप्तरीको राजविराज नगरपालिका–८ स्थित रुपनी रोडमा गएराति एउटा घरमा लुटपाट भएको छ । स्थानीय सत्रुधन यादवको घरमा कोही नभएका बेला चार जनाको समूहमा आएको अज्ञात व्यक्तिले लुटपाट गरेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताउनुभयो ।

सो समूहले यादवको २२ वर्षीया गर्भवती बुहारी रञ्जु यादव र साढुभाइको १० वर्षीय छोरा दिलीप यादवलाई निर्घात कुटपिट गर्दा उनीहरु घाइते भएको प्रहरीले जनाएको छ । उक्त समूहले लुटपाट गरी घरमा रहेका गरगहना, सुन, चाँदी, लत्ताकपडा र नगद गरी करीब रु पाँच लाख मूल्यबराबरको सरसमान लगेको पीडित यादवले बताउनुभयो ।

कुटपिटबाट घाइते दुवै जनाको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । लुटपाट गर्ने व्यक्तिको तीव्ररुपमा खोजी जारी राखिएको नायब प्रहरी उपरीक्षक रिमालले जानकारी दिनुभयो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.