गोंगबुबाट लुटिएको १ किलो सुन फेला

गोंगबुबाट लुटिएको १ किलो सुन फेला

बुधबार राति काठमाडौंको गोंगबुबाट लुटिएको १ किलो सुन फेला परेको छ।

काठमाडौंको गोंगबुस्थित राप्ती पाहुना घरको २०२ नम्बर कोठाबाट बुधबार राति ८ बजे दाङका सुन व्यवसायी खड्ग बहादुर सुनारले सुन लुटिएको भन्दै प्रहरीमा खबर गरेका थिए।

१ किलो सुन र २ लाख १७ रुपैयाँभन्दा बढी रकम लुटिएको भन्दै प्रहरीमा खबर गरेपछि काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेल आफैं घटनास्थल पुगेका थिए।

घटनाको प्रकृति हेर्दा सुन लुटिएको नभएर लुकाएको हुनसक्ने भन्दै प्रहरीले सुन हरायो भन्ने सुनारलाई नै नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो।

अनुसन्धान गर्दै जाँदा सुन लुटिएको नभएर नाटकीय शैलीमा सुन लुकाएको फेला परेको काठमाडौं प्रहरी प्रवक्ता डिएसपी मोहन थापाले बताए। सुनारले सुन गोंगबुस्थित बिजीमलमा लुकाएर समितिको सुन पचाउन नाटक रचेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

दाङ सुन व्यवसायी समितिको सुन सुनारले बुधबार मात्र न्यूरोडको सिद्धार्थबाट खरिद गरेका थिए। उक्त सुन पचाउन उनले नाटक रचेको प्रहरीले जनाएको छ।

प्रहरीले सुनारसहित ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.