नगद तथा सुनका गहना चोरी 

नगद तथा सुनका गहना चोरी 

काठमाडौं महानगरपालिका ढल्कुस्थित गटकबहादुर खडकाको घरमा रहेको लालीकुमारी श्रेष्ठको एसियन ड्रक डिस्पराइडको कार्यालयको ढोका फोडेर दराजमा रहेको नगद १ लाख ३० हजार रूपैयाँ गएराति चोरी भएको छ ।

यसैगरी काठमाडौं टोखा नगरपालिका ३ ढलमल डेरा गरी बस्ने सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिकाकी डोल्मा मगरको कोठामा कोही नभएको अवस्थामा ढोकाको ताला फोडेर दराजमा रहेको नगद १ लाख ४० हजार र सुनका विभिन्न गरगहना समेत गरी करीव ३ लाख ७ हजार रुपैयाँ बराबरको धनमाल गएराति चोरी भएको छ ।

चोरहरूको खोजी गर्नुको साथै घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.