
‘फिल्मी शैली’मा लुटपाट
भक्तपुरको सुर्यविनायक—८ गणेश चोकस्थित मनोहर बस्नेतको घरमा डेरा गरी बस्ने रामबहादुर तामाङको कोठाबाट १६ लाख बढी लुटपाट गर्ने लुटेराहरुको पेशेवर समूह प्रहरी फन्दामा परेको छ ।
मंगलबार लुटपाटमा संलग्न ८ जनामध्ये ४ जनालाई बौद्धबाट पक्राउ गरिएको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रहरी निरिक्षक भरत थापाले बताए ।
प्रहरीले लुटपाट गर्ने समूहका भोजबहादुर थापामगर, मिलन भन्ने रत्नबहादुर तामाङ, विष्णु भन्ने अमृत तामाङ र सानुकान्छा ब्लोन पक्राउ गरेको हो । लुटपाटमा संलग्न टोकल भन्ने रोहितबहादुर थापामगर, बाइवा भन्ने दीर्घबहादुर तामाङ र विनोद तामाङ भने अझै फरार रहेको प्रहरीले जनाएको छ ।
१० माघको राति २ बजे उनीहरुले भक्तपुर सूर्यविनायक—८ गणेशचोकमा रहेको मनोहर बस्नेतको घरमा डेरा गरी बस्ने रामबहादुर तामाङको डेरामा प्रवेश गरी पेस्तोल देखाएर ज्यान मार्ने धम्की दिएर नियन्त्रणमा लिई लुटपाट गरेका थिए । उनीहरुले नगद तथा सुनका गरगहना गरी झण्डै १६ लाख ७ हजार बराबरको धनमाल लुटेका थिए ।
प्रहरीले पक्राउ परेकाहरुबाट पगालेको सुनको डिक्का ६ तोला, नोकिया मोबाइल १ थान, बा८३प ३७७३ नम्बरको रातो एफजेड मोटरसाइल र पीडितको घरबाट लगिएको एक थान ज्याकेट समेत बरामद गरेको छ । उनीहरुलाई अपराध महाशाखाले थप अनुसन्धानका लागि भक्तपुर प्रहरी परिसरमा पठाएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरुमध्ये भोजबहादुर थापा, रत्नबहादुर तामाङ यसअघि पनि विभिन्न डाँका तथा चोरीमा संलग्न भएकाले जेल समेत परिसकेका व्यक्ति हुन् । भोजबहादुर र रत्नले ०७४ सालमा गणतन्त्रको दिवसका अवसरमा जेल छुट पाएका थिए ।
अरु समाचार
बिराटनगरमा समातिए स्कुटरसहित चोरी गर्ने युवक
जिल्ला प्रहरी कार्यालय मोरङले स्कुटर चोरीको अभियोगमा एक युवकलाई पक्...
काठमाडौँ उपत्यकाबाट हराएका २३ मोटरसाइकल स...
ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट हराएका २३ मोटरसाइकल फेला पारी ...
डेढ महिने शिशुको टाउकोमा पेस्तोल ताकेर घरम...
दुर्गा भगवती ३ मत्सरीमा मंगलवार बिहान एकघरमा लुटपाट भएको छ। मत्सरीक...
जब विराटनगरबाट २० हजार लिटर डिजेल सहितको ट...
मोरङमा पार्किङ्ग गरिराखेको ट्यांकर चोरी भएको छ। प्रहरीमा ट्यांकर चो...
नेपाल विद्युत प्राधिकरण ढल्केबरबाट तामाको ...
मिथिला नगरपालिका-७ ढल्केबरस्थित नेपाल विद्युत प्राधिकरण ढल्केबरबाट ...
सुन र नगद चोरी गरेको अभियोगमा पक्राउ
हेटौंडा उपमहानगरपालिका-१२ पदमपोखरीबाट सुन र नगद चोरी गरेको अभियोगमा...
सुन तथा नगद चोरी
काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...
सुनका गरगहना चोरी
मोरङ बेलबारी नगरपालिका-१ सिनेमा हल लाईनस्थित रमेश कुमार सुनारको महा...