सुन र नगद चोरी गरेको अभियोगमा पक्राउ

सुन र नगद चोरी गरेको अभियोगमा पक्राउ

हेटौंडा उपमहानगरपालिका-१२ पदमपोखरीबाट सुन र नगद चोरी गरेको अभियोगमा सोही उपमहानगरपालिका-१० राप्तीरोड बस्ने २५ वर्षीय सन्दिप जोशीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

साउन २३ गते दिउँसो सोही उपमहानगरपालिका-२ पिपलबोट नजिकै मनोज राईको सुन बनाउने ठाउँबाट ६५ लाल सुन र ९६ हजार रुपैयाँ चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न जोशीलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.