लुटपाट गरी भाग्दै गरेको अवस्थामा ४ जना पक्राउ 

लुटपाट गरी भाग्दै गरेको अवस्थामा ४ जना पक्राउ 

लुटपाट गरी भाग्दै गरेको अवस्थामा काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने २४ वर्षीय सन्तोष बिष्ट लगायत ४ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

बाँके कोहलपुर नगरपालिका-११ घर भएका ४२ वर्षीय पुरुषको नागार्जुन नगरपालिका-४ बाफल चोकबाट हाल नम्बर नखुलेको बस चढेर स्वयम्भू जाने क्रममा सोल्टी दोबाटोमा ७१ हजार ५ सय रुपैयाँ लुटेर गाडीबाट तत्काल झरी उनीहरू भागेका थिए ।

पीडितले प्रहरीलाई खबर गरेपछि महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई बा.२ ज ४१७ नम्बरको ट्याक्सी चढेर भाग्न खोजेको अवस्थामा उक्त रकमसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.