काठमाडौं र ललितपुरका दुइ स्थानमा चोरी

काठमाडौं र ललितपुरका दुइ स्थानमा चोरी

काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका- ८ गोठाटार बस्ने रामेछाप गोकुलगंगा नगरपालिका-१ घर भएका श्याम कुमार श्रेष्ठको शिव खिम्ती कन्सट्रक्सन प्रालिको गोदामबाट ८ थान रकेट पावर वाटर पम्प, ४ थान मार्वल-टायल-प्लाई कटिङ मेसिन र ३ थान भाइब्रेटिङ मेसिन गरेर करिब ३ लाख १८ हजार रुपैयाँ मूल्य बराबरको सामान चोरी भएको छ ।

भदौ ३ गतेदेखि ११ गते सम्म बन्द रहेको गोदाममा कोही नभएको समयमा उक्त मूल्य बराबरको धनमाल चोरी भएको हो ।

ललितपुर, महालक्ष्मी नगरपालिका-३ इमाडोल बोझेपोखरी बस्ने डोलु थापाको घरबाट १० हजार रुपैयाँ नगद तथा सुनचाँदीका विभिन्न गहना गरेर करिब २ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल बिहीबार चोरी भएको छ ।

चोरीमा संलग्न फरार व्यक्तिहरूको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.