ललितपुरको एकान्तकुनाबाट करिब २० लाखको सामान चोरी

ललितपुरको एकान्तकुनाबाट करिब २० लाखको सामान चोरी

ललितपुर महानगरपालिका-१३ एकान्तकुनास्थित न्यू लक्ष्मीनारायण सुनचाँदी पसलबाट करिब २० लाख ५२ हजार २ सय ६५ रुपैयाँ बराबरको सुनचाँदीका विभिन्न गहनाहरु चोरी भएको छ ।

सोही महानगरपालिका कुसुन्ती घर भएका बरुण घतानीको उक्त पसलमा गएराति कोही नभएको अवस्थामा चोरी भएको बताइएको छ ।

चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.