मोबाइल तथा विभिन्न सुन चाँदीका गरगहना चोरी गर्ने बाबु छाेरा पक्राउ

मोबाइल तथा विभिन्न सुन चाँदीका गरगहना चोरी गर्ने बाबु छाेरा पक्राउ

उर्लाबारी नगरपालिका-३ मंगलबारे टोल बस्ने अम्बिका प्रसाद रिजालको घरबाट मोबाइल लगाएत विभिन्न सुन तथा चाँदीका गरगहना, काँसे थाल तथा लत्ताकपडाहरु समेत चोरी भएको घटनामा संलग्न २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा उर्लाबारी नगरपालिका-३ सालबारी बस्ने सुनिल उराउ र उनकै बुबा ५५ वर्षीय मुगु उराउ रहेका छन् । बिहीबार राति रिजालको घरबाट मोबाइल लगाएत विभिन्न सुन तथा चाँदीका गरगहना चोरी भएको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले चोरीमा संलग्न सुनिल उराउलाई पक्राउ गरी निजको घर तलासी गर्दा चोरी भएका सामानहरु मध्ये मोबाइल २ थान, चाँदीको पाउजु १ जोर फेला पारि बरामद गरेको थियो ।

घटनामा थप अनुसन्धान गर्ने क्रममा सुनिलकै बाबु समेतको संलग्नता रहेको खुल्न आएपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको हो । साथै उक्त घटनमा संलग्न रही फरार रहेका उर्लाबारी नगरपालिका-३ सनिबारे हटिया लाईन बस्ने २१ वर्षीय वाँया चौधरीको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.