चोरी भएका मोबाइल खोज्दै, धनीलाई बुझाउँदै ईटहरी प्रहरी

चोरी भएका मोबाइल खोज्दै, धनीलाई बुझाउँदै ईटहरी प्रहरी

ईलाका प्रहरी कार्यालय ईटहरीले हराएका र चोरी भएका बिभिन्न ब्राण्डका २० थान मोबाइल सेट फेला पारी सम्बन्धीत धनीलाई बुझाएको छ ।

आफ्ना मोबाइल बिभिन्न स्थानहरुबाट हराएको तथा चोरी भएको भन्ने बिभिन्न ब्यक्तिहरुले दिएको निवेदनको आधारमा खोजतलास गर्ने क्रममा यसै महिनामा मात्र करिव ५,९४,२४०-(पाँच लाख चौरानब्बे हजार दुई सय चालिस) मुल्य बराबरका २० थान मोबाइल सेट फेला पारी आइतबार सम्बन्धीत धनीहरुलाई बुझाएको हो ।

०७६ वैशाखमा इप्रका ईटहरीमा सिडीआर शाखा स्थापना गरेर हराएका तथा चोरी भएका मोबाइल खोजी गर्न थालिएको थियो । असारमा फेला परेको २७६ थान र साउनमा फेला परेको २० थान मोबाइल प्रहरीले सम्बन्धित धनीलाई बुझाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.