विभिन्न धनमाल चोरी गरेको अभियोगमा एक पक्राउ

विभिन्न धनमाल चोरी गरेको अभियोगमा एक पक्राउ

प्रहरीले महोत्तरीबाट विभिन्न धनमाल चोरी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेकाे छ ।

लोहारपट्टी नगरपालिका-४ खुट्टागाँउ बस्ने अजय साह र शिवशंकर साहको सगोल घरबाट २ लाख ३४ हजार रुपैयाँ बराबरका टिभी, मोबाइल, कपडा लगायतका विभिन्न धनमाल चोरी गरेको अभियोगमा सोही ठाउँ बस्ने २६ वर्षीय मन्तोष पासवानलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.