लुटपाट गरी भाग्दै गरेको अवस्थामा ३ जना पक्राउ

लुटपाट गरी भाग्दै गरेको अवस्थामा ३ जना पक्राउ

प्रहरीले लुटपाट गरी भाग्दै गरेको अवस्थामा ३ जनालाई पक्राउ गरेकाे छ ।

काठमाडौं महानगरपालिका-१६ शेषमती पुल नजिक तारकेश्वर नगरपालिका-५ गोलढुङ्गा बस्ने ५० वर्षीय पुरुषको नगद ५ हजार १ सय २५ रुपैयाँ र १ थान स्यामसुङ मोबाइल लुटी भाग्दै गरेको अवस्थामा धाढिङ घर भई काठमाडौं महानगरपालिका कलंकी बस्ने २१ वर्षीय सौरभ क्षेत्री लगायत ३ जनालाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको हाे ।

बालाजु माछापोखरीबाट घर जाने क्रममा ती पुरुषको साथबाट उक्त नगद तथा मोबाइल लुटी भाग्दै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.