सुन चोरेको आरोपमा ३ जना पक्राउ

सुन चोरेको आरोपमा ३ जना पक्राउ

काभ्रेको बनेपा नगरपालिका–९ स्थित जोसना श्रेष्ठको घरबाट सुन चोरीको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बनेपा नगरपालिका–८ मा डेरा गरी बस्ने करुणा घिमिरे, सोही ठाउँका राजु मानन्धर र सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका–५ घर भई बनेपा नगरपालिका–८ मा डेरागरी बस्ने सृजना आचार्य रहेका छन् ।

उनीहरुलाई ईलाका प्रहरी कार्यालय बनेपाबाट खटीएकाे प्रहरी टाेलिले मङ्गलवार बिहान श्रेष्ठको खाटको घर्राभित्र राखेको करिब १८ तोला सुन र चाँदी चोरीको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो ।

चोरीएको मध्ये १० तोला सुन र १२ तोला चाँदी बरामद गरिएको प्रहरीले जनाएको छ । तीनै जनालाई जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.