दुईवटा कार चोरी गरेकाे अभियोगमा एक जना पक्राउ

दुईवटा कार चोरी गरेकाे अभियोगमा एक जना पक्राउ

कैलालीको धनगढीबाट दुईवटा कार चोरी गरेकाे अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दाङको तुल्सीपुर स्थित न्युरोड टोल घर भई हाल धनगढी उपमहानगरपालिका १ बसन्तटोल नबिन सार्की रहेका छन् ।

अभियुक्तले जेठ ३ गते राति धनगढी उपमहानगरपालिका ४ स्थित उत्तरवेहडी बस्ने राजेन्द्र बहादुर मल्लको घर अगाडि राखेको बा .८ च २१०० नम्वरको कार र जेठ ७ गते रविन्द्र भट्टको बा १४ च ४७८१ नम्वरको कार चोरी गरेको पाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उनीसँगै अन्य व्यक्तिहरुको पनि संलग्नता हुन सक्ने तथा यसअघि पनि उनी विभिन्न अपराधमा मुछिइसकेको खुल्न आएको प्रहरीले जनाएको छ ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.